बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

यमनमा बम आक्रमणमा २ सैनिकको मृत्यु

शनिबार, २३ वैशाख २०८०, १७ : १३
शनिबार, २३ वैशाख २०८०

यमनको दक्षिणी प्रान्त अब्यानमा बम विस्फोट हुँदा दुई सैनिकको मृत्यु भएको छ  । त्यहाँका सुरक्षा अधिकारीका अनुसार अन्य तीन जना घाइते भएको छ ।

स्थानीय अधिकारीले नाम नभन्ने शर्तमा सिन्ह्वालाई बताएअनुसार अल–कायदा लडाकुसँगको झडपमा घाइते भएका यमनी सरकारी सेनाका सिपाहीलाई बोकिरहेको एमबुलेन्समाथि बम विस्फोट गराएको थियो ।

विगत केही हप्तामा अब्यानमा सडक किनारमा भएका बम आक्रमणको यो पछिल्लो घटना हो । यमनका अधिकारीले यमनमा रहेको अल–कायदा इन अरेबियन पेनिन्सुला (एक्यूएपी) आक्रमणको पछाडि रहेको आरोप लगाएका छन् ।

यसलाईलाई अल–कायदाको सबैभन्दा खतरनाक शाखाको रूपमा लिइन्छ र यमनमा वर्षौंदेखि यो सक्रिय छ । यो समूहले यमनको गृहयुद्धको नाजायज फाइदा उठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप