यमनमा बम आक्रमणमा २ सैनिकको मृत्यु
शनिबार, २३ वैशाख २०८०, १७ : १३
यमनको दक्षिणी प्रान्त अब्यानमा बम विस्फोट हुँदा दुई सैनिकको मृत्यु भएको छ । त्यहाँका सुरक्षा अधिकारीका अनुसार अन्य तीन जना घाइते भएको छ ।
स्थानीय अधिकारीले नाम नभन्ने शर्तमा सिन्ह्वालाई बताएअनुसार अल–कायदा लडाकुसँगको झडपमा घाइते भएका यमनी सरकारी सेनाका सिपाहीलाई बोकिरहेको एमबुलेन्समाथि बम विस्फोट गराएको थियो ।
विगत केही हप्तामा अब्यानमा सडक किनारमा भएका बम आक्रमणको यो पछिल्लो घटना हो । यमनका अधिकारीले यमनमा रहेको अल–कायदा इन अरेबियन पेनिन्सुला (एक्यूएपी) आक्रमणको पछाडि रहेको आरोप लगाएका छन् ।
यसलाईलाई अल–कायदाको सबैभन्दा खतरनाक शाखाको रूपमा लिइन्छ र यमनमा वर्षौंदेखि यो सक्रिय छ । यो समूहले यमनको गृहयुद्धको नाजायज फाइदा उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण