नारायणगढ-मुग्लिन सडकको पहाड काट्न कात्तिकपछि मात्र विस्फोट
आइतबार, २४ वैशाख २०८०, ०६ : २३
नारायणगढ-मुग्लिन सडकका पहाड तिहारपछि मात्रै फुटाइने भएको छ। मनसुन सुरु भइसकेका कारण अहिले चट्टान विस्फोट गराउन प्राविधिक रूपमा नसकिने भएकाले करिब छ महिनापछि मात्र बिस्फोट गरिने भएको हो।
नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले भने, 'पहाड फोर्नका लागि सानो प्वाल खोलेर बारुद राख्नुपर्ने हुन्छ तर अहिले वर्षात् सुरु हुन लागेका कारण सो सम्भव हुँदैन। त्यसैले आगामी कात्तिकपछि मात्र बिस्फोटको काम हुनेछ ।'
बिस्फोट गर्न बारुदको अभावमा पहाड फोर्न नसक्दा नारायणगढ मुग्लिन सडक आयोजनाको तुइन खोलामाथिको पुल निर्माण कार्य लामो समयदेखि रोकिएको छ।
पुलसँगै रहेको पहाड काट्न बिस्फोट नै गर्नुपर्ने हुन्छ। बारुद खरिद प्रक्रियामा ढिलाइ हुँदा समस्या भएको हो। यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण