बेलायतमा परराष्ट्रमन्त्रीले भेटे राजा र प्रधानमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले बेलायती राजा चार्ल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकसँग भेटवार्ता गरेका छन् । शनिबार बेलायती राजा चार्ल्स तृतीय र रानी क्यामिलाको शुभराज्याभिषेक कार्यक्रममा सहभागी भएका साउदले उच्चस्तरीय भेटवार्ता गरेका हुन् ।
परराष्ट्रमन्त्री साउद राज्याभिषेक कार्यक्रमको अवसरमा राजा चार्ल्स तृतीयद्वारा विश्वका विभिन्न मुलुकबाट आएका आफ्ना पाहुनाहरूको सम्मानमा आयोजित रात्रि भोजमा सहभागी भएका थिए । रात्रि भोज बकिङ्घम दरबारमा आयोजना गरिएको थियो ।
सो अवसरमा परराष्ट्रमन्त्री साउदले बेलायती राजा चार्ल्स तृतीय, राजपरिवारका अन्य सदस्य र प्रधानमन्त्री ऋषि सुनकलगायतसँग भेटवार्ता गरेको बेलायतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा मन्त्री साउदले विभिन्न विषयमा कुराकानी गरेका थिए ।
उक्त अवसरमा मन्त्री साउदले विश्वका विभिन्न देशबाट आएका राजनीतिज्ञ र मन्त्रीहरूसँग पनि कुराकानी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण