सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् ।
आज गोरखापत्र संस्थानको १२३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अध्यारोपबाट शिक्षा लिएर उज्योतर्फ अघि बढ्ने प्रवृत्तिलाई प्रोत्साहित गर्नुपर्ने बताए । उनले गोरखापत्रले नेपालको राष्ट्रिय एकतालाई कसरी सुदृढ गर्न सकिन्छ र राष्ट्रिय भावनालाई कसरी नयाँ उचाईमा लैजान सकिन्छ भन्ने कुरालाई उच्च प्राथमिकता दिन जरुरी रहेको पनि बताए ।
सामाजिक सद्भाव र संस्कृतिलाई विकसित र परिमार्जित गर्दै युग सुहाउँदो रूपमा लैजान आवश्यक रहेको पनि उनले बताए विज्ञानले गरेका कामलाई आत्मसाथ गर्दै त्यसको सही सदुपयोग गर्न र युग सापेक्ष बनाउन जरुरी रहेको प्रचण्डले बताए ।
उनले गोरखापत्रको आन्तरिक सुधार र पुनः संरचना जरुरी रहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने शिक्षकविरूद्ध विशेष अदालतमा आरोपपत्र दायर
-
निगमले अझै तिरेन वाइडबडी र न्यारोबडी जहाज खरिद गर्दाको १९ अर्ब ३९ करोड ऋण
-
सगरमाथा संवादबारे सोनिया मुर्शिदलाई जानकारी
-
नागढुंगामा इन्स्पेक्टरबाट प्रहरी हवल्दार कुटिए
-
महालेखाले भन्यो, ‘स्थानीय तहका जनप्रतिनिधिले मनोमानी सुविधा लिए’
-
विद्यार्थी कल्याणकारी परिषद्को चुनावमा सुरक्षा थ्रेट