कङ्गोमा वर्षाले १७५ जनाभन्दा बढीको मृत्यु
किन्शासा । कङ्गोमा भारी वर्षाका कारण १७५ जनाभन्दा बढीको मृत्यु भएको छ । वर्षाबाट देशभर व्यापक क्षति भएको छ भने थुप्रै गाउँहरू तहसनहस भएका छन् । अल जजीराले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै सो बारे उल्लेख गरेको छ ।
दक्षिण किभुको प्रान्तीय कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार बिहीबारको मुसलधारे वर्षाले प्रान्तको एउटा नदीमा पानी मात्रा बढेको छ र त्यसले गर्दा बुसुका गाउँहरूमा ठूलो क जनधनको क्षति भएको छ।
सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्बिरहरूले मौसम सफा भइसकेको देखाएको छ । मध्य–अफ्रिकी देशका अधिकांश भागमा भारी वर्षाका कारण व्यापक विनाश भएको छ। यसै बीच दक्षिण किभुमा पहिरो र बाढीका घटनाहरू बढेका छन् ।
दक्षिण किभुका गभर्नर थियो नग्वाबिदजे कासीले १७६ जनाको ज्यान गएको जानकारी दिँदै केही व्यक्तिहरू अझै हराइरहेको बताएका छन् । हालैको बाढीले कङ्गोमा विभिन्न सशस्त्र समूहहरू बीचको दशकौंदेखिको द्वन्द्वले ल्याएको वर्तमान मानवीय अवस्थालाई थप दर्दनाक बनाएको छ।
हालैको संयुक्त राष्ट्रसंघको जनगणना अनुसार त्यहाँ कम्तीमा १२२ विद्रोही गुटहरू छन् भने विगत २५ वर्षभन्दा बढी समयदेखि लडिरहेका छन्। -(रासस–एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण