मुगुमा हिमपहिरो : बेपत्ताको खोजीका लागि सेनाको हेलिकप्टर पुग्यो मुगु
सुर्खेत । हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर मुगु पुगेको छ । शुक्रबार मुगुको च्यार्खु पाटनमा यार्सा टिप्न गएकाहरु हिमपहिरोमा परेर बेपत्ता भएका थिए । यद्यपि घटना भएको शनिबार मात्र थाहा भएको थियो । सोमबार बिहानै बेपत्ताहरूको खोजी कार्यका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मुगु पुगेको हो ।
मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार हिमपहिरोमा परी ३ जना बेपत्ता भएका छन् । हिमपहिरोमा परी जुम्लाको पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्की र ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका हुन् । हेलिकप्टर मुगु पुगेर पहिलो चरणमा दुईजना सुरक्षाकर्मी लिएर घटनास्थलतर्फ गएको उनले बताए । अब फर्किएर पुनः थप सुरक्षाकर्मी लगेर घटनास्थलतर्फ जाने छ ।
बेपत्ताहरूको खोजी तथा उद्धारका लागि आइतबार बसेको कर्णाली प्रदेश सरकारको सुरक्षा समितिको बैठकले हेलिकप्टर पठाउने निर्णय गरेको थियो ।
जेठ ४ गतेबाट यार्सागुम्बा सङ्कलनका लागि खुला गर्ने भनिए पनि जुम्लाको पातारासीबाट १४ र मुगु छायानाथ रारा नगरपालिकाबाट एक गरी १५ जनाको टोली अवैध बाटो भएर त्यहाँ पुगेका थियो । घटना भएको ठाउँ मुगु कार्मारोङ गाउँपालिकाको प्रहरी चौकीबाट दुई दिनको पैदल यात्रा हिँड्नुपर्ने जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता हुन्छन् ब्रेन क्यान्सरका सुरुवाती लक्षण
-
अर्जेन्टिनी राष्ट्रपति मिलेईले ब्राजिलका राष्ट्रपति लुलालाई ‘चोर’ र ‘अपराधी’ भनेपछि कूटनीतिक तनाव
-
इरानको आग्रहमा आक्रमण रोकेको ट्रम्पको दाबी, तेहरानले वार्ता अस्वीकार गर्यो
-
सांसद पौडेलले सुकुमबासी बस्तीबाट भने : ‘साथीहरू डोजर चल्छ भनेर डराउनुभएको छ, कसले चलाउँछ डोजर ?’
-
अमेरिका–इरानबिच युद्धविरामसँगै तेलको मूल्यमा ठुलो गिरावट
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइ गर्न सरकारसँग कांग्रेसको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण