‘वरिष्ठ बलराम’ बन्दै खगेन्द्र
सोमबार, २५ वैशाख २०८०, १० : ४०
काठमाडौंँ । फिल्म ‘वरिष्ठ बलराम’ निर्माण हुने भएको छ । रोहित अधिकारीको निर्माण रहने फिल्मको निर्देशन सुरेन्द्र पौडेलले गर्दैछन् । निर्माता अधिकारीले केही दिन अगाडि फिल्मको टिम मात्र सार्वजनिक गरेका थिए । अहिले भने नाम सार्वजकि गरिएको हो । सामाजिक बिषय बस्तुमा निर्माण हुने खगेन्द्र लामिछाने र अभिनेता दीलिप रायमाझीको छोरी दिव्या रायमाझी मुख्य भूमिकामा रहनेछन् । अहिले विदेशमा रहेकी दिब्या फिल्मकै लागि केही समयमा नेपाल आउने बताइन्छ ।
फिल्मको पटकथा समेत खगेन्द्रले नै तयार गरेका छन् । भदौको पहिलो सातादेखि फ्लोरमा जाने फिल्म निर्माता अधिकारीले श्याम कँडेल र ओम अग्रवालसँगको सहकार्यमा निर्माण गर्न लागेका हुन् । साढे २ करोडको बजेट बताइएको फिल्म काठमाडौँ र वीरगञ्जमा छायांकन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण