समाचार
ढाकाकुमार श्रेष्ठको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा
सोमबार, २५ वैशाख २०८०, ११ : ०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले दायर रिटको सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा हुने भएको छ ।
सर्वोच्चले जारी गरेको कजलिस्टमा ढाकाकुमारले दायर गरेको मुद्दा श्रेष्ठको एकल इजलासमा परेको हो । श्रेष्ठले रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिलाई विपक्ष बनाउँदै रिट दाय गरेका हुन् ।
रास्वपाको केन्द्रीय समिति बैठकले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग आर्थिक बार्गेनिङ गरेको पुष्टि भएको भन्दै श्रेष्ठलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
रास्वपाको सिफारिस अनुसार उनको पद रिक्त भएको सूचना संसद् सचिवालयले जारी गरिसकेको छ । तर, पार्टीको निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै श्रेष्ठ अदालत गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण