विनियोजन विधेयकले वास्तविक अर्थतन्त्रको चित्रण गरेको छ : पूर्वमन्त्री पौडेल
काठमाडौँ । पूर्व शिक्षामन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले संसद्मा पेस भएको आगामी आर्थिक वर्षको विनियोजित विधेयकले अर्थतन्त्रको वास्तविक चित्रण गरेको बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार प्रतिनिधि सभामा पेस गरेको विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकता (कर बाहेकको) ले अहिलेको कठिन आर्थिक स्थितिको वास्तविकता बोकेको र यसको निराकरणमा बजेट केन्द्रित हुने प्रस्ट पारेको बताए ।
तर, उक्त विधेयकमाथि पार्टीहरूले सत्ता पक्ष र प्रतिपक्षको रूपमा प्रस्तुत भएको, टिका टिप्पणी भएको भन्दै उनले दुःख व्यक्त गरे । ‘सत्तामा को छ र पहिले को थियो भन्ने होइन । हिजो पनि गठबन्धन थियो र आज पनि गठबन्धन छ । तर को थियो र को छ भन्ने तिर नलागौँ, मुलुकको वास्तविकतातर्फ सबै केन्द्रित हौँ’ पौडेलले भने, ‘अर्थमन्त्रीज्यूले पेस गर्नुभएको बजेटको सिद्धान्त र प्राथमिकताले वास्तविक अर्थतन्त्रको चित्रण गरेको छ । यसमा वस्तुपरक भएर छलफल गरौँ’ उनले भने ।
बढ्दो आर्थिक संकटका बीच आउने बजेटले सबै क्षेत्रको सुधार गर्ने गरी जानुपर्ने हुँदा सबै राजनीतिक पार्टीहरूलाई सक्रिय सहभागिताका लागि उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण