'टोटल पुँजी ३ खर्ब, स्रोत सुनिश्चितता चार खर्ब : कसरी हुन्छ पुरा ?'
सोमबार, २५ वैशाख २०८०, १४ : ३६

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट विनियोजन अराजक ढंगले गरिएको बताएका छन् ।
सोमबार विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै नेता पन्तले विकास बजेटमा सरकारले जथाभाबी बजेट विनियोजन गरेको बताए ।
‘सडकको हकमा मात्रै अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता भनेर चार खर्ब रुपैयाँको पत्र पठाएको छ । तर टोटल पुँजीगत खर्चमा हाम्रो ३ खर्बमात्र छ । ३ खर्ब टोटल पुजी छ खर्च गर्ने, तर सडकहरुमा मात्रै स्रोत सुनिश्चितता गरिएको भनेर चिठ्ठी पठाएको रकम चार खर्ब छ । अव पुरा कसरी हुन्छ ?’, पन्तको भनाइ छ ।
उनले यसरी स्रोत सुनिश्चितताको अर्थ मन्त्रालयसँग रेकर्ड समेत नभएको बताए । ‘अर्थ मन्त्रालयसँग रेकर्ड समेत छैन । जजसको दबाब आयो, स्रोत सुनिश्चितता भनेर पत्र पठाइदियो । यसले बजेट विनियोजन कसरी भएको छ भन्ने देखिन्छ ’, पन्तको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म