'टोटल पुँजी ३ खर्ब, स्रोत सुनिश्चितता चार खर्ब : कसरी हुन्छ पुरा ?'
सोमबार, २५ वैशाख २०८०, १४ : ३६
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट विनियोजन अराजक ढंगले गरिएको बताएका छन् ।
सोमबार विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै नेता पन्तले विकास बजेटमा सरकारले जथाभाबी बजेट विनियोजन गरेको बताए ।
‘सडकको हकमा मात्रै अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता भनेर चार खर्ब रुपैयाँको पत्र पठाएको छ । तर टोटल पुँजीगत खर्चमा हाम्रो ३ खर्बमात्र छ । ३ खर्ब टोटल पुजी छ खर्च गर्ने, तर सडकहरुमा मात्रै स्रोत सुनिश्चितता गरिएको भनेर चिठ्ठी पठाएको रकम चार खर्ब छ । अव पुरा कसरी हुन्छ ?’, पन्तको भनाइ छ ।
उनले यसरी स्रोत सुनिश्चितताको अर्थ मन्त्रालयसँग रेकर्ड समेत नभएको बताए । ‘अर्थ मन्त्रालयसँग रेकर्ड समेत छैन । जजसको दबाब आयो, स्रोत सुनिश्चितता भनेर पत्र पठाइदियो । यसले बजेट विनियोजन कसरी भएको छ भन्ने देखिन्छ ’, पन्तको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण