अदालत
ढाकाकुमार श्रेष्ठको रिटमा अल्पकालीन आदेश, विपक्षीका नाममा कारण देखाउ आदेश जारी
सोमबार, २५ वैशाख २०८०, १५ : ५२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फबाट निर्वाचित सांसद ढाकाकुमार श्रेष्ठलाई पदमुक्त गरेको सम्बन्धमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
श्रेष्ठले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सोमबार प्रधानन्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाइ भएको हो । इजलासले श्रेष्ठलाई पदमुक्त गर्नुको कारणबारे लिखित जवाफ दिन विपक्षीका नाममा आदेश जारी गरेको छ ।
इजलासले लिखित जवाफ आएपछि अन्तरिम आदेशबारे दुवै पक्षलाई बोलाएर छलफल गर्ने गरी त्यतिन्जेलसम्म उनीमाथिको कारवाही कार्यान्वयन नगर्न र नगराउन विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै रास्वपाले श्रेष्ठमाथि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण