अदालत
ढाकाकुमार श्रेष्ठको रिटमा अल्पकालीन आदेश, विपक्षीका नाममा कारण देखाउ आदेश जारी
सोमबार, २५ वैशाख २०८०, १५ : ५२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फबाट निर्वाचित सांसद ढाकाकुमार श्रेष्ठलाई पदमुक्त गरेको सम्बन्धमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
श्रेष्ठले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सोमबार प्रधानन्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाइ भएको हो । इजलासले श्रेष्ठलाई पदमुक्त गर्नुको कारणबारे लिखित जवाफ दिन विपक्षीका नाममा आदेश जारी गरेको छ ।
इजलासले लिखित जवाफ आएपछि अन्तरिम आदेशबारे दुवै पक्षलाई बोलाएर छलफल गर्ने गरी त्यतिन्जेलसम्म उनीमाथिको कारवाही कार्यान्वयन नगर्न र नगराउन विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै रास्वपाले श्रेष्ठमाथि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह
-
बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
-
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर