सांसद नारायणी शर्माको माग : लुम्बिनी प्रदेशको राजधानीका लागि रोक्का गरिएका जग्गा फुकुवा गरियोस्
काठमाडौँ । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा रोक्का गरिएका जग्गाहरु फुकुवा गर्न माग गरेकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले २०७७ असोज १६ गतेदेखि जग्गा रजिष्ट्रेशन पास रोक्का गरिएपछि हालसम्म फुकुवा नभएकोले स्थानीय समस्यामा परेको जानकारी गराइन् ।
उनले भनिन्– ‘राप्ति गाउँपालिकाका ९ वटै वडा, गढवा गाउँपालिकाका वडा नम्बर १, २, ३ गरी ३ वटा वडा, सितगंगा गाउँपालिकाका ८ र ९ नम्बर वडामा जग्गा रोक्का गरिएको छ । राजधानी व्यवस्थापनका लागि भनेर गरिएको यो निर्णय अझैसम्म पनि फुकुवा हुन सकेको छैन । यसका कारण त्यहाँका जनताहरु ठूलो मारमा परिरहेका छन् । जग्गा फुकुवाको विषयलाई लिएर स्थानीय राजनीतिक दलले पटक पटक मुख्यमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाइसकेका छन् तर माग पुरा नभएपछि वैशाख १७ गतेदेखि त्यहाँका जनताहरु, राजनीतिक दलहरु, उद्योग व्यवसायी सबै जना प्रशासनिक भवनको अगाडि अनसन बसिराख्नुभएको छ । यो समस्या हल गर्नका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण