बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई नेपाल शिक्षक महासंघको ध्यानाकर्षण पत्र

मङ्गलबार, २६ वैशाख २०८०, १५ : ३५
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । नेपाल शिक्षक महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विगतमा सरकारले महासंघसँग गरेका विभिन्न सम्झौताहरू कार्यान्वयनको माग राख्दै प्रधानमन्त्रीलाई ध्यानाकषर्णपत्र बुझाएको हो ।

सरकारले ९ फागुन २०७५ मा ३० बुँदा र ९ फागुन २०७८ मा ५१ बुँदामा सहमति गरेको थियो । ती सहमतिको कार्यान्वयनले स्थायी, अस्थायी÷करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका सबै मुख्य समस्याको सम्बोधन गर्ने विश्वास लिइएको थियो । तर, अहिलेसम्म उक्त सहमति कार्यान्वयन नभएको भन्दै महासंघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

महासंघले यो वर्षको बजेटमार्फत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मागहरू सम्बोधन गर्न माग गरेको हो ।

शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत रकम लगानी गर्ने प्रबन्ध गर्नुपर्ने, विद्यालयमा कर्मचारीको दरबन्दी सिर्जना गरी विद्यालय कर्मचारीलाई दरबन्दी अनुसार तलब भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग अघि सारेका छन् ।

महासंघले शिक्षक कर्मचारीको तलब भत्ता मासिक रूपमा उपलब्ध गराउन समेत माग गरेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । विगतदेखि थारी रहेका केही विषयमा सरकारले स्पष्ट दृष्टिकोण राखेर निर्णय गरिने उनको भनाई थियो ।

शिक्षकका समस्याबारे आफू जानकार रहेको भन्दै सम्बोधनका लागि पहल गर्न प्रतिबद्धता जनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप