श्रम मन्त्री भण्डारीसँग महासंघ पदाधिकारीको भेट
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी समक्ष आज मन्त्रालयमा भेटवार्ता गरेको छ ।
सो अवसरमा महासंघका अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र मन्दीतर्फ गएको संकेत तथ्यांकहरुले पुष्टि गरीसकेकाले यो अवस्थामा उद्योग व्यवसाय सञ्चालन र रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनीकरण गर्न र सम्भावित समस्या सामना गर्न सरकार र निजी क्षेत्रको बलियो सहकार्यमा जोड दिए ।
अध्यक्ष ढकालले श्रम बजारको माग अनुसारको सीप विकासमा पनि सो अवसरमा जोड दिए । वैदेशिक रोजगारीमा जाँदा लिइने केही अव्यवहारिक नीति नियमको पुनरावलोकन हुनुपर्नेमा पनि मन्त्री भण्डारीको ध्यानाकर्षण गराए । महासंघसंगको भेटमा मन्त्री भण्डारीले महासंघकातर्फबाट राखिएका सुझावका सम्बन्धमा मन्त्रालयका तर्फबाट गर्नुपर्ने नेतृत्वदायी भूमिकामा रहेर सहयोग गर्न आफू सकारात्मक रहेको स्पष्ट पारे ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारसँग सम्बन्धित नीति नियमलाई व्यवहारिक बनाउन आफू तयार रहेको र सिप विकास लगायतका श्रम क्षेत्रका सबै विषयमा निजी क्षेत्रको सरसल्लाहमा छलफल गरी काम गर्ने विश्वास दिलाए । प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र महानिर्देशकको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण