अर्थतन्त्रलाई सबल बनाउन राष्ट्रिय पुँजीको निर्माण गर्न जरुरी छ: सांसद शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्माले अर्थतन्त्रलाई सबल बनाउन राष्ट्रिय पुँजीको निर्माण गर्न जरुरी रहेको बताएकी छन् । मङ्गलवार प्रतिनिधि सभामा पेस भएको विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकताबारेको छलफलमा भाग लिँदै शर्माले सत्ता पक्ष र प्रतिपक्षमा विभाजित हुनुको साटो सबै मिलेर सही नीतिलाई सही कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइन् ।
राष्ट्रिय पुँजीको निर्माण अहिलेको आवश्यकता रहेकोमा जोड दिँदै उनले भनिन्, ‘हामीले राष्ट्रिय पुँजीको निर्माण जबसम्म गर्न सक्दैनौँ, तबसम्म आत्मनिर्भर अर्थतन्त्रको प्रक्रियालाई अघि बढाउन सक्दैनौँ । हामीले नेपालको अहिलेको सङ्कटपूर्ण परिस्थितिलाई अन्त्य गर्न पनि सक्दैनौँ ।’
मुलुक समाजवादी अर्थतन्त्रको निर्माण गर्ने प्रक्रियामा अगाडि बढ्नुपर्ने भन्दै उनले सोहीअनुसार बजेट बनाइनुपर्नेमा समेत जोड दिइन् । ‘यसका लागि शिक्षा र स्वास्थ्यमा धेरै बजेट कामयाबी गर्न सकियोस्’, उनले भनिन्, ‘सारमा भन्नुपर्दा अहिलेको सङ्कट अन्त्य गर्न सकेनौँ भने र घोचपेच मात्रै लाग्यौँ भने यो देश अगाडि बढ्न धेरै कठिन छ ।’
शर्माले विदेशीको ऋण बोकेर नेपालीले आफूलाई स्वाभिमानी देख्न नसक्ने पनि बताइन् । त्यस कारण पनि देशलाई सबल र जनतालाई स्वाभिमानी बनाउन राष्ट्रिय पुँजीको निर्माण गर्न जरुरी रहेको उनको धारणा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण