रवि लामिछानेको कटाक्ष : प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न हाइप्रोफाइललाई कानुनी दायरामा ल्याउन भइरहेको ढिलाइप्रति कटाक्ष गरेका छन् ।
उनले सरकारले भ्रष्टलाई कारबाही गर्न आलटाल गरे रास्वपा चुप लागेर नबस्ने चेतावनी दिएका छन् । खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तिनका सन्तानको जगजाहेर तान्डवलाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन। यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला’, उनले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् ।
उनले प्रधानमन्त्रीलाई एउटै फाइलले ज्वरो बढाएको भन्दै आलोचना गरेका छन् । ‘प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस ’, उनले भनेका छन् ।
यद्दपी भुटानी शरणार्थी प्रकरणमा आज मात्र पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण