पूर्वगृहमन्त्री खाणलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ल्याइयो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ । उक्त घटनाको अनुसन्धानका लागि खाणलाई उनकै निवासबाट नियन्त्रणमा लिएर परिसर ल्याइएको प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । बुधबारै खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।
यो सँगै उक्त घटनामा आरोपित १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो । त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ ।
उक्त घटनामा आरोपित नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिबर्मा खोलाबाट दैनिक आठ करोड लिटर पानी ल्याएर काठमाडौँमा वितरण गरिँदै
-
पार्टीका गुट र उपगुटहरूलाई खुसी पार्ने बजेट
-
अस्ट्रेलियाले हटायो समलिङ्गी पुरुषलाई रक्त, प्लाज्मा दानमा लगाएको प्रतिबन्ध
-
ब्युँताइँदै छ लिच्छविकालीन सप्तपाताल पोखरी, तस्बिरहरू
-
ट्रम्पले तेस्रो पटक बढाए टिकटकमाथि प्रतिबन्ध लाग्ने म्याद
-
ट्रम्पले निःशर्त आत्मसमर्पण गर्न सुझाएपछि खामेनीले दिए यस्तो प्रतिक्रिया