सामरी खोलामा तटबन्धन गर्न एमाले सचेतक बर्तौलाको माग
बुधबार, २७ वैशाख २०८०, १२ : ३९
काठमाडौँ । एमालेका सचेतक महेश बर्तौलाले मकवानपुर गढीको सामरी खोलामा तटबन्ध गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बर्तौलाले मकवानपुर गढीका जनताहरु सामरी खोला बढेसँगै चिन्तामा रहेको बताए । सो खोलाका कारण सिंगो मकवानपुरगढी गाउँपालिका प्रभावित भएको जानकारी गराउँदै बाढी पहिरोको जोखिममा रहेको बताए ।
उनले बलियो तटबन्धको आवश्यकता रहेकोले त्यसका लागि बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । त्रिवेणी धामदेखि मनहरीको लोथरसम्म राप्ति नदी नियन्त्रणका लागि बृहत गुरुयोजना बनेको र त्यसको लागि सरकारले विशेष ध्यान दिन आग्रह गरे । यस्तै मातातीर्थ शौखेल बाटो निर्माणको काम अघि बढाउन पनि उनले माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण