नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्कर्षमा पुऱ्याउन नेपाल प्रहरी प्रतिबद्ध
काठमाडौँ । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको जनाएको छ । तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूत रूपमा निष्कर्षमा पुऱ्याउन प्रतिबद्ध रहेको प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणहरूलाई ठगी गरी संगठित अपराध गरेको मुद्दाको विषयलाई लिएर केही सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको समेत जनाएको छ ।
‘तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हुनजाने र मुद्दाको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्नसक्ने भएकाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउन हुन अनुरोध गरिएको छ’, जिसीको विज्ञप्तिमा उल्लेख छ ।
नक्कली शरणार्थी प्रकरणमा हालसम्म १२ जना पक्राउ परिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण