मन्त्री रिजाल र अमेरिकी राजदूतबीच भेट
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, व्यापार तथा लगानी लगायत विविध विषयमा कुराकानी भएको थियो ।
भेटमा मन्त्री रिजालले नेपालको विकास लगायतका विविध क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोग सह्रानीय रहेको बताएका थिए। आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेको मन्त्री रिजालले स्पष्ट पारेका थिए । नेपाल र अमेरिकाबीच वर्षौँदेखिको मित्रता रहेको बताउँदै मन्त्री रिजालले अमेरिकी राजदूत डिन आर थम्पसनको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझै प्रगाढ रहने विश्वास व्यक्त गरे ।
नेपालमा लगानी भित्र्याउन अमेरिकी राजदूत डिन आर थम्पसनको पूर्ण सहयोगको अपेक्षा गर्दै मन्त्री रिजालले लगानीको वातावरण बनाउन नेपाल सरकार सदैव तयार रहेको स्पष्ट पारे । पर्यटन क्षेत्रमा कसरी बढी लगानी भित्र्याउन सकिन्छ भन्ने तर्फ मध्ये नजर गर्न जोड दिँदै मन्त्री रिजालले अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग प्रति आभार व्यक्त गरे ।
भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको आर्थिक वृद्धिमा नीतिगत रूपमा सहयोग गर्ने बताए । लगानीको वातावरण थप सुद्धृढ गराउन जोड दिँदै अमेरिकी राजदूत थम्पसनले नेपालको विकासमा अमेरिकी सरकारको हर सहयोग रहने विश्वास समेत दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण