प्रचण्ड, ओली र देउवाबीच संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्रीसहित प्रमुख दलका तीन शीर्ष नेताहरुबीचको छलफल सकिएको छ । बुधबार दिउँसो सिंहदरबारमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच करिव डेढ घण्टा लामो छलफल भएको हो । तीन नेताको छलफलमा कांग्रेस नेता रमेश लेखक तथा उपप्रधान तथा गृहमन्त्री समेत रहेका माओवादी नेता नारायाणकाजी श्रेष्ठ समेत सहभागी बनेका थिए ।
तीन नेताबीच संसदभित्रका विषयहरुमा केन्द्रीत भएर छलफल भएको नेता लेखकले जानकारी दिए । ‘संसदलाई प्रभावकारी बनाउन त्यसभित्रका विषयहरुमा केन्द्रीत भएर छलफल भएको छ । संसदमा अब बजेट, नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने कुरा छ । त्यसपछि हाउसका कामहरु अघि बढाउने कुराहरु छन्’, लेखकले भने, ‘विषयगत समितिका सभापतिको निर्वाचन गर्ने लगायतका कुरामा छलफल भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण