बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड, ओली र देउवाबीच संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल

बुधबार, २७ वैशाख २०८०, १६ : १२
बुधबार, २७ वैशाख २०८०

काठमाडौं । प्रधानमन्त्रीसहित प्रमुख दलका तीन शीर्ष नेताहरुबीचको छलफल सकिएको छ । बुधबार दिउँसो सिंहदरबारमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच करिव डेढ घण्टा लामो छलफल भएको हो । तीन नेताको छलफलमा कांग्रेस नेता रमेश लेखक तथा उपप्रधान तथा गृहमन्त्री समेत रहेका माओवादी नेता नारायाणकाजी श्रेष्ठ समेत सहभागी बनेका थिए । 

तीन नेताबीच संसदभित्रका विषयहरुमा केन्द्रीत भएर छलफल भएको नेता लेखकले जानकारी दिए । ‘संसदलाई प्रभावकारी बनाउन त्यसभित्रका विषयहरुमा केन्द्रीत भएर छलफल भएको छ । संसदमा अब बजेट, नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने कुरा छ । त्यसपछि हाउसका कामहरु अघि बढाउने कुराहरु छन्’, लेखकले भने, ‘विषयगत समितिका सभापतिको निर्वाचन गर्ने लगायतका कुरामा छलफल भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप