आयोजक बीएनएको विजयी सुरुवात
काठमाडौं । आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर छात्रतर्फ बुधबार विजयी सुरुवात गरेको छ ।
बसुन्धरास्थित घरेलु कोर्टमा बीएनएले ह्वाइट माउन्टेनलाई २४–१४ अंकले पराजित ग¥यो । बीएनएकी स्मृति खत्री एक्लैले १२ अंकको योगदान गरिन् ।
सिनियर छात्रातर्फकै अन्य खेलमा नेपाल मोडेलले स्किब्सलाई १८–८ अंक, पृथ्वीले ग्रिनल्यान्डलाई २८–१६ अंक र एचएचसीएले फेरिल्यान्डलाई २०–१२ अंकले हराए ।
नेपाल मोडेलकी चुनिमा गुरुङले ८, पृथ्वीकी बबिता घिमिरेले १४ र एचएचसीएकी प्रमिता लामाले ६ अंक जोडेका थिए ।
जुनियर छात्रतर्फ पनि बीएनएले विजयी सुरुआत गरेको छ । बीएनएले पारामाउन्टलाई १८–८ अंकले पाखा लगायो । बीएनएका दिपेश पण्डितले ८ स्कोर गरे ।
जुनियर छत्रतर्फकै अन्य खेलमा फेरिल्यान्डले एचएचसीएलाई २४–१२ अंक र ओडिसी इन्टरनेसनल एकेडेमीले सिद्धार्थ मोडेललाई १६–१० अंकले पन्छाए । फेरिल्यान्डका तेनिल खत्रीले १० र ओडिसीका मुकेश शर्माले ८ अंक बटुले ।
यसैगरी सिनियर छात्रतर्फको थ्री बाइ थ्री स्पर्धामा नेपाल मोडेलले ओडिसीलाई १५–११ अंक र पृथ्वीले स्काइलार्कलाई १४–११ ऋंकले पराजित गरे ।
प्रतियोगिताको टोखा नगरपालिकाअन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम गौतमले उद्घाटन गरेका थिए । प्रतियोगितामा सिनियर छात्रतर्फ २४ तथा जुनियर छात्र र सिनियर छात्रातर्फ समान १२÷१२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल जेठ २ गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण