बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आयोजक बीएनएको विजयी सुरुवात

बुधबार, २७ वैशाख २०८०, १७ : ४६
बुधबार, २७ वैशाख २०८०

काठमाडौं । आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर छात्रतर्फ बुधबार विजयी सुरुवात गरेको छ । 

बसुन्धरास्थित घरेलु कोर्टमा बीएनएले ह्वाइट माउन्टेनलाई २४–१४ अंकले पराजित ग¥यो । बीएनएकी स्मृति खत्री एक्लैले १२ अंकको योगदान गरिन् । 

सिनियर छात्रातर्फकै अन्य खेलमा नेपाल मोडेलले स्किब्सलाई १८–८ अंक, पृथ्वीले ग्रिनल्यान्डलाई २८–१६ अंक र एचएचसीएले फेरिल्यान्डलाई २०–१२ अंकले हराए । 

नेपाल मोडेलकी चुनिमा गुरुङले ८, पृथ्वीकी बबिता घिमिरेले १४ र एचएचसीएकी प्रमिता लामाले ६ अंक जोडेका थिए । 

जुनियर छात्रतर्फ पनि बीएनएले विजयी सुरुआत गरेको छ । बीएनएले पारामाउन्टलाई १८–८ अंकले पाखा लगायो । बीएनएका दिपेश पण्डितले ८ स्कोर गरे । 

जुनियर छत्रतर्फकै अन्य खेलमा फेरिल्यान्डले एचएचसीएलाई २४–१२ अंक र ओडिसी इन्टरनेसनल एकेडेमीले सिद्धार्थ मोडेललाई १६–१० अंकले पन्छाए । फेरिल्यान्डका तेनिल खत्रीले १० र ओडिसीका मुकेश शर्माले ८ अंक बटुले । 

यसैगरी सिनियर छात्रतर्फको थ्री बाइ थ्री स्पर्धामा नेपाल मोडेलले ओडिसीलाई १५–११ अंक र पृथ्वीले स्काइलार्कलाई १४–११ ऋंकले पराजित गरे । 

प्रतियोगिताको टोखा नगरपालिकाअन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम गौतमले उद्घाटन गरेका थिए । प्रतियोगितामा सिनियर छात्रतर्फ २४ तथा जुनियर छात्र र सिनियर छात्रातर्फ समान १२÷१२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल जेठ २ गते हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप