वायुसेवा निगमको थप २ वटा जहाज किन्ने प्रक्रिया अघि बढ्यो
काठमाडौँ । नेपाल एयरलायन्सले शहरी क्षेत्रमा उडान भर्ने लक्ष्यसहित थप २ वटा जहाज किन्ने तयारी सुरु गरेको छ । यसअघि, दुर्गम क्षेत्रमा उडान भर्ने लक्ष्यसहित ३ वटा जहाज किन्ने तयारी अघि बढाएको थियो । दुर्गममा उडान भर्ने जहाज किन्ने विषयमा गठन भएको अध्ययन समितिले प्रतिवेदन बुझाएपछि थप २ जहाज खरिद प्रक्रिया अघि बढाएको हो ।
नेपाल एयरलायन्सका प्रवक्ता रमेश पौडेलले निगम सञ्चालक समितिका सदस्य वरिष्ठ क्यापटेन सुधिर समशेर राईको नेतृत्वमा ९ सदस्यीय उप समिति गठन भएको बताए । उनले उक्त उपसमितिले आगामी २१ दिनभित्र शहरी क्षेत्रमा उडान भर्ने जहाज किन्ने प्रतिवेदन बुझाउनेछ ।
प्रवक्ता पौडेलले शहरी क्षेत्रका एयरपोर्टमा उडान भर्नलाई २ वटा जहाज किन्ने जानकारी दिए । यसअघि दुर्गमका एयरपोर्टमा उडान भर्न मिल्ने खालका ३ वटा जहाज किन्न प्रतिवेदन समिति बनेको थियो । उक्त समितिले प्रतिवेदन बुझाइ सकेपछि थप २ वटा जहाज किन्ने विषयमा अध्ययन समिति बनेको पौडेलको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण