सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

वायुसेवा निगमको थप २ वटा जहाज किन्ने प्रक्रिया अघि बढ्यो

बिहीबार, २८ वैशाख २०८०, १२ : २७
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । नेपाल एयरलायन्सले शहरी क्षेत्रमा उडान भर्ने लक्ष्यसहित थप २ वटा जहाज किन्ने तयारी सुरु गरेको छ । यसअघि, दुर्गम क्षेत्रमा उडान भर्ने लक्ष्यसहित ३ वटा जहाज किन्ने तयारी अघि बढाएको थियो । दुर्गममा उडान भर्ने जहाज किन्ने विषयमा गठन भएको अध्ययन समितिले प्रतिवेदन बुझाएपछि थप २ जहाज खरिद प्रक्रिया अघि बढाएको हो ।

नेपाल एयरलायन्सका प्रवक्ता रमेश पौडेलले निगम सञ्चालक समितिका सदस्य वरिष्ठ क्यापटेन सुधिर समशेर राईको नेतृत्वमा ९ सदस्यीय उप समिति गठन भएको बताए । उनले उक्त उपसमितिले आगामी २१ दिनभित्र शहरी क्षेत्रमा उडान भर्ने जहाज किन्ने प्रतिवेदन बुझाउनेछ ।

प्रवक्ता पौडेलले शहरी क्षेत्रका एयरपोर्टमा उडान भर्नलाई २ वटा जहाज किन्ने जानकारी दिए । यसअघि दुर्गमका एयरपोर्टमा उडान भर्न मिल्ने खालका ३ वटा जहाज किन्न प्रतिवेदन समिति बनेको थियो । उक्त समितिले प्रतिवेदन बुझाइ सकेपछि थप २ वटा जहाज किन्ने विषयमा अध्ययन समिति बनेको पौडेलको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप