पुस १० लाई ओलीको प्रतिवेदनमा ‘नयाँ कोर्स निर्माणको प्रयास’ का रूपमा व्याख्या (पूर्णपाठ)
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत पुस १० गते निर्माण भएको राजनीतिक समीकरणलाई ‘नयाँ कोर्स निर्माणको प्रयास’ का रूपमा व्याख्या गरेका छन् । एमालेको पाँचौं केन्द्रीय कमिटीको बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा ओलीले यस्तो व्याख्या गरेका हुन् ।
‘निर्वाचनपछिको तरल अवस्थाका बीचबाट मुलुकलाई राजनीतिक स्थिरता, अग्रगमन र समृद्धिको दिशामा लैजानसमेत पहल गर्दै पार्टीले २०७९ पुस १० गते नयाँ राजनीतिक सहकार्यको आधार निर्माण गर्यो,’ अध्यक्ष ओलीले प्रतिवेदनमा भनेका छन्, ‘नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सात दलको त्यो सहकार्य सकारात्मक थियो र जनचाहना अनुरूपको थियो ।’
ओलीले सो गठबन्धनलाई भत्काएर फेरि पुरानै गठबन्धन स्थापित गर्ने, नेपाललाई अन्त्यहीन अस्थिरतातिर धकेल्न चाहने, भ्रष्टाचार, साधन स्रोतको दोहन र सत्तामा भागबण्डाको वाक्कलाग्दो खेल अझ तीव्र पार्न, लोकतन्त्रलाई कमजोर पार्ने एवं मुलुकलाई शक्ति राष्ट्रहरूको स्वार्थको क्रिडास्थल बनाउन प्रयासरत विभिन्न शक्तिकेन्द्रको चलखेल बढेर गएको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।
‘पुस २६ गते नेपाली कांग्रेससमेतको विश्वासको मत प्राप्त गर्न गरेपछि प्रधानमन्त्रीले बोली फेर्न थाले,’ प्रतिवेदनमा ओलीले भनेका छन्, ‘कहिले राष्ट्रपतिका बारेमा भएको एमालेसँगको पूर्व सहमतिलाई भएकै छैन भनेर झुट बोल्ने र कहिले राष्ट्रिय सहमति भनेकै कांग्रेससँगको सहमति हो भन्ने अर्थ्याउन थाले ।’
आफूहरुले नयाँ राजनीतिक कोर्सलाई जोगाउन हदैसम्म लचिलो भएको जिकिर गर्दै ओलीले भनेका छन्, ‘तर आफै चरम अवसरवादबाट ग्रस्त र विभिन्न शक्तिकेन्द्रहरुको प्रभावमा परेको माओवादी केन्द्रलाई दक्षिणपन्थी अवसरवादी ओरालो यात्राबाट रोक्न सकिएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण