ओलीको स्वीकारोक्ति : एमाले कमजोर र निस्प्रभावी बन्यो
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले मुलुकको राजधानी काठमाडौँ उपत्यकामा पार्टी जनधार कमजोर र सङ्गठन निस्प्रभावी बनेको स्वीकार गरेका छन् । बिहीबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा उपत्यका पार्टी कामको दृष्टिले अत्यन्त महत्त्वपूर्ण क्षेत्र भए पनि पछिल्लो समय यहाँ एमाले कमजोर र निस्प्रभावी भएको बताएका हुन् । ‘तर पछिल्लो समय यहाँ पार्टीको जनधार कमजोर र पार्टीको सङ्गठन निस्प्रभावी देखिएको छ । राजधानी उपत्यकाको कामलाई विशेष ध्यान दिएर सङ्गठन विस्तार र सुदृढ बनाउन ठोस योजना बनाउनुपर्छ’, ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन् ।
साथै उनले पछिल्लो समय एमालेका तर्फबाट जनसरोकारका सामाजिक–आर्थिक मुद्दाहरूमा पैरवी, परिचालन र दबाबको काम कमजोर हुँदै गएको बताएका छन् । ‘सरकार त गैरजिम्मेवार छ नै, प्रतिपक्षले पनि हाम्रा आवाजहरूप्रति संवेदनशील बनेर दबाब दिन सकेन भन्ने जनगुनासो आउनु सुखद् विषय होइन’, ओलीले भनेका छन् ‘त्यसैले आगामी दिनमा जनताका वर्गीय, सामुदायिक र सामाजिक मुद्दाहरूमा जनवर्गीय सङ्गठनहरू र पार्टी स्वयंले सक्रिय पहल गर्दै सशक्त जनदबाब सिर्जना गर्नुपर्छ ।’
ओलीले जनसङ्गठनहरू पार्टीका हात पाऊ जस्तै भए पनि जनसङ्गठनलाई आफ्नो समुदाय या वर्गमा केन्द्रित गर्न, यहाँ सदस्यता र आधार विस्तार गर्न तथा समुदायका मुद्दामा आधारित रहेर परिचालन गर्न नसकिएको स्वीकार गरेका छन् । ‘जनसङ्गठनमा गरेको कामको मूल्याङ्कन हुँदैन भन्ने अनुभूति छ । यसलाई चिर्दै उनीहरूलाई वैचारिक र सङ्गठनात्मक दृष्टिले बलियो बनाउनुपर्छ, आफ्नो वर्ग या समुदायमा आधारित बनाउनुपर्छ र सरोकारमा मुद्दामा आवश्यकता अनुसारको जनदबाब र आन्दोलनमा उतार्नुपर्छ’, ओलीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण