बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कृषिप्रधान देशमा कृषि ऐन छैन : मन्त्री भुसाल

बिहीबार, २८ वैशाख २०८०, १६ : ००
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालमा हालसम्म कृषि ऐन नै नरहेको बताएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री भुसालले नेपाल कृषिप्रधान देश हो भन्ने गरेपनि हालसम्म कृषि ऐन नै नहुनु दुःखद भएको बताए । अहिले मन्त्रालयले कृषि ऐन बनाउनका लागि मस्यौदा तयार पारिरहेको उनले उल्लेख गरे । कृषि ऐन बनाउन सकेमात्रै पनि कृषि उपज कतिपय समस्या समाधान हुने विश्वास व्यक्त गरे ।  

मन्त्री भुसालले आधुनिक समयमा पाखुराको बलमा खाद्यान्न उत्पादनमा वृद्धि गर्छु भन्नु गलत भएको बताए । जतिसक्दो धेरै यन्त्रीकरणमा गएर कृषि उत्पादन वृद्धि गर्न सकिने उनले उल्लेख गरे । पछिल्लो समय जनशक्तिको अभाव देखिएको उनले बताए । जनशक्तिको अभावका कारण अहिले आधाभन्दा बढी खेतीयोग्य जमिन बाँझो रहेको उनले बताए । तराईका ५० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन सिँचाइको सुविधा नहुँदा बाँझो रहेको उनले बताए । 

मन्त्री भुसालले चिस्यान केन्द्र र बाँझो जमिन प्रयोगको प्रक्रिया मन्त्रालयले अघि बढाइरहेको पनि बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप