सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

वायुसेवा निगमले प्रत्येक शुक्रबार गुल्मीको रेसुङ्गामा उडान भर्ने

बिहीबार, २८ वैशाख २०८०, १७ : १४
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । नेपाल वायुसेवा निगमले प्रत्येक साताको शुक्रबार गल्मीको रेसुङ्गामा उडान भर्ने भएको छ । वायुसेवा निगमले यही वैशाख २९ गतेदेखि काठमाडौंदेखि रेसुङ्गाको उडान भर्ने भएको हो । साताको शुक्रबार हुने काठमाडौं–रेसुङ्गा उडान विहान साढे ६ बजे हुने र रेसुङ्गा–काठमाडौंतर्फको उडान विहान ७ बजेर ४० मिनेटमा जाँदा भर्ने निगमले जनाएको छ ।

निगमको डीएचसी–ट्वीन्टर ६ विमानले यहि वैशाख १५ गते परीक्षण उडान सम्पन्न गरेको थियो । उक्त परीक्षण उडान सफल बनेसँगै यही वैशाख २९ गतेदेखि प्रत्येक शुक्रबार नियमित उडान भर्ने निर्णय भएको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप