सहायक जिल्ला वन अधिकृतविरुद्ध मुद्दा दायर
बिहीबार, २८ वैशाख २०८०, १८ : १४
काठमाडौँ । मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । पदमा बहाल रहँदा उनले गैरकानूनी रुपले ७२ लाख भन्दा बढी रकम आर्जन गरेको ठहर भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनको बहत्तर लाख बाउन्न हजार चार सय असी रुपैयाँ र उनन्साठी पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत नखुलेको भन्दै आयोगले सोही बराबरको बिगो कायम गरी आज विशेष अदालतमा आरोप-पत्र दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण