नागरिकता विधेयक प्रमाणीकरण नगर्न पूर्व सुरक्षाकर्मी परिषद् नेपालको माग
काठमाडौँ । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले नेपालमा भ्रष्टाचारमा संलग्न दोषीहरूलाई कारबाही गर्न, राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण गर्न र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन माग गरेको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिषद्ले यस्तो माग गरेको हो । नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाउँदै यो विधेयक राष्ट्रघात र नेपालको हितविपरितमा भएर प्रमाणित नगरेको विधेयकलाई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्न खोजिरहेको परिषद्को भनाई छ । राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरणका लागि न्यायिक परामर्श लिइरहेको बेला पूर्वसुरक्षाकर्मी परिषद् नेपालले पत्रकार सम्मेलन आयोजना गरेर उक्त विधेयक कुनै पनि हालतमा प्रमाणीकरण नगर्न दबाब दिएको हो ।
कार्यक्रममा अधिवक्ता डा सुरेन्द्र भण्डारीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी हुनका लागि चाहिने कानुनी प्रक्रियाहरु के कति पूरा भएको वा नभएको गम्भीर कानुनी प्रश्न खडा भएको बताए। ठगी प्रकरणमा पक्राउ परेका र संलग्न रहेका व्यक्तिहरूलाई चोख्याउने खेल त कतै भइराखेको छैन भन्ने गम्भीर प्रश्न उठेको पनि उनले टिप्पणी गरे ।
उनले उक्त प्रकरण गम्भीर मानव तस्करीको अपराध भएको र उक्त मुद्दामा गम्भीर तरिकाले छानबिन अगाडि नबढाएको आरोप लगाए। यसको अनुसन्धान नै भोलि धरौटीमा रिहा हुने र मुद्दाको अन्तिम फैसला हुने वातावरण नै नबनाएर सबैले छुटकारा पाउने सम्भावना रहेको पनि उनले खतरा औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण