सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३० जना घाइते
बिहीबार, २८ वैशाख २०८०, २२ : ४६

चौतारा । चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा जन्ती लिएर हिँडेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । इन्द्रावती–१० पाटीगाउँतर्फ हिँडेको गाडी चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी र एम्बुलेन्स पुगेर उद्धार गरिएको छ । घाइतेको चौतारा अस्पतालमा उपचार हुँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी