आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पल शाहलाई प्रश्न : जेल जानु अगाडिको कथा खै ?

शुक्रबार, २९ वैशाख २०८०, ०८ : १७
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौंँ । अभिनेता पल शाहले आफ्नो अभिनय तथा निर्देशन रहेको एक भिडियो विहिबार सार्वजनिक गरेका छन् । ‘तिमीलाई हेर्ने बानी प-यो’ बोलको गीत माथि बनेको म्युजिक भिडियो उनले आफ्नै च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

गीतको भिडियोमा उनले आफुले एक वर्ष जेलमा बिताएको समयको केही घटना उतारेका छन् । नाबालिग बलात्कारको आरोपमा एक वर्ष जेल जीवन बिताएका शाहले भिडियोमा पक्राउ परेदेखि रिहासम्मका केही घटना उतारेका छन् । भिडियोमा रिहाइको कामना गर्दै परिवार, साथीभाई, विभिन्न धार्मिक समुदायका मानिसहरुले गरेको पूजाआजा र प्रार्थनालाई समेत देखाइएको छ । पल गत फागुन १५ गते जेल जीवनबाट मुक्त भएका थिए ।

अनु चौधरीको स्वर तथा पुष्प प्रधानको शब्द, संगीत रहेको गीतको एरेन्ज योगेश काजीले गरेका छन् । भिडियोमा पलको आमाको भूमिकामा सूर्यमाला खनाल, बुबाको भूमिकामा प्रकाश अधिकारी, बहिनीको भूमिकामा प्रिन्सु तिवारी र प्रेमिकाको भूमिकामा सुनिसा भट्टराईको अभिनय छ ।

कैदीबन्दीप्रति पनि समर्पित भिडियोले समाचार तयार गर्दासम्म ४ लाख ५० हजार बढी भिउज पाएको छ । भिडियोको विषयलाई लिएर सामाजिक संजालमा विभिन्न कमेन्ट गरिएको छ । कमेन्ट सकारात्मक भन्दा नकारात्मक बढी छ । धेरैले भिडियोमा पक्राउ पर्नु अगाडिको कथा खै भनेर समेत प्रश्न गरेका छन् ।

लक्ष्मण देवकोटा नामक एक सामाजिक प्रयोगकर्ताले भिडियोको कमेन्ट लेखेका छन्, ‘अनि जेल जानु अगाडिको कहानी खोई ?’ त्यस्तै उनको कमेन्टमा अर्काे युजर्सले लेखेका छन्,‘ त्यो चाहियो हामीलाई ।’
त्यस्तै दीपक बस्नेत नामक युजर्सले लेखेका छन् ,‘जेल नेल भोगेको भनेर नेताले फुर्ती लगाउथे । अव अभिनेताको पनि पालो आएछ ।'

अर्काे मिलन सनार नामक युजर्स लेख्छन्, ‘एक नारीलाई गलत देखाएर आफु महान बनेको नायक ।’ राज खड्का नामक युजर्सले लेखेका छन्, ‘जेल जानु अगाडि गरेको कर्तुत पनि भिडियोमा उतारेको भए हुन्थ्यो ।’ कमल पराजुली नामक युजर्स लेख्छन्,‘अनि त्यो बन्द कोठाभित्र भएको भिडियो नउतार्नु नि फेरि ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप