संसदीय दलको नेता चयनपछि मात्र जसपाले मन्त्री पठाउने
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले संसदीय दलको नेता चयन गरेपछि मात्र सरकारमा थप मन्त्री पठाउने भएको छ ।
भागबण्डमा दुई वटा मन्त्रालय पाएको जसपाले एउटा मन्त्री पठाउन बाँकी छ । प्रधानमन्त्री प्रचण्डले जसपाका लागि वन मन्त्रालय राखिरहेका छन् भने सो पार्टीले मन्त्री नपठाएको कारण सरकारले अझै पूर्णता पाउन सकेको छैन ।
तर, जसपा तत्काल मन्त्री पठाउने पक्षमा नदेखिएको हो । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संसदीय दलको नेता चयन गरेपछि मात्र जसपाले थप मन्त्री पठाउने बताए ।
यसअघि संसदीय दलको नेतामा चयन भएका रामसहाय यादव उपराष्ट्रपति बनेपछि सो पद खाली थियो । उपनिर्वाचनबाट निर्वाचित भएर आएसँगै अध्यक्ष उपेन्द्र यादवलाई संसदीय दलको नेता बनाउन जसपाले प्रक्रिया सुरु गरिसकेको छ । वैशाख २७ गते बसेको कार्यकारिणी समितिको बैठकले तीन सदस्य निर्वाचन समिति गठन गरेको हो ।
जसअनुसार समितिले विधानको व्यवस्था बमोजिम निर्वाचन प्रक्रियाबाट संसदीय दलको नेता छान्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
-
‘बजेट संघीयता विरोधी भयो, १ खर्बको बेनामे बजेटमाथि शंका छ’
-
विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण