शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच ढाकामा साइडलाइन वार्ता

शुक्रबार, २९ वैशाख २०८०, २० : ०८
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरबीच  भेटवार्ता भएको छ । शुक्रबार बंगलादेशको ढाकामा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच द्वीपक्षीय भेटवार्ता भएको हो ।

शुक्रबारदेखि ढाकामा सुरु भएको ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स–२०२३’ मा सहभागी भएका उनीहरूको साइडलाइनमा भेटवार्ता भएको हो ।

भेटघाटमा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच व्यापार, पारवहन, कनेक्टिभिटी र जनस्तरको सम्बन्धको सहकार्यबारे छलफल भएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप