ग्लोबल क्वालिफायरका लागि वेस्ट इन्डिजको टोली घोषणा
काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट (ग्लोबल क्वालिफायर) का लागि वेस्ट इन्डिजको टोली घोषणा भएको छ ।
जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने ग्लोबल क्वालिफायरका लागि वेस्ट इन्डिजले आफ्नो १५ सदस्सीय टोली घोषणा गरेको हो ।
विश्वकप छनोट अघि युएईविरुद्ध तीन खेल्न लागेको वेस्ट इन्डिज क्रिकेट बोर्डले शाई होपको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । सोही टोलीले एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा पनि सहभागी हुँदैछ ।
विश्वकप छनोटमा आयोजक जिम्बावेसहित नेपाल, वेस्ट इन्डिज, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान र अमेरिकासहित १० टोलीले सहभागिता जनाउँदै छन् ।
यस छनोटबाट विजयी दुई टोलीले भारतमा आयोजना हुने विश्वकप खेल्ने छन् ।
वेस्ट इन्डिजको टोली
शाई होप (कप्तान), रोभम्यान पोवेल (उपकप्तान), निकोलस पुरन, केसिया कार्टी, रोस्टन चेस, जेसन होल्डर, शमराह ब्रुक्स, यानिक कारिया, अकिल हुसेन, कायल मायर्स, गुडाकेस मोती, अल्जारी जोसेफ, ब्रान्डन किंग, किमो पल र रोमारियो शेफर्ड
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण