माओवादीलाई भाग नपुगेका कारण भुटानी शरणार्थी प्रकरण बाहिर आयो : डा केसी
काठमाडौँ । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पार्टीलाई भ्रष्टाचार गर्ने भाग नपुगेका कारण अहिलेको भुटानी शरणार्थी प्रकरण बाहिर ल्याएको दाबी गरेका छन् । केसीले कोही पनि पार्टी भ्रष्टाचार गर्नबाट ओभानो नरहेको स्पष्ट पारेका हुन् ।
काठमाडौँको नक्सालमा नागरिक अगुवाहरू मिलेर सुरु गरिएको भ्रष्टाचार ढाकछोपविरुद्ध वृहत् नागरिक आन्दोलनमा बोल्दै केसीले भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताए । उनले भने, ‘भुटानी शरणार्थी काण्डमा छानबिन विस्तृत हुनुपर्छ, निष्पप्क्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरूलाई कारबाही हुनुपर्छ । देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ । शीर्ष नेता भ्रष्ट नभईकन उ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ । निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरू भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ । प्रचण्डको पार्टीलाई भाग नपुगेको हो की के हो ? तर सबै पार्टी भ्रष्ट नै छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण