गजा पट्टीमा इजरायल र इस्लामिक जिहादबीच सङ्घर्ष विराम, अमेरिकाद्वारा स्वागत
गजा पट्टीमा इजरायल र इस्लामिक जिहादका लडाकुबीच भएको सङ्घर्ष विरामको अमेरिकाले स्वागत गरेको छ । अमेरिकाले सङ्घर्ष विराम गराउनका लागि इजिप्टको प्रयासको पनि प्रशंसा गरेको छ ।
पाँच दिनसम्म चलेको हिंसापछि यो सङ्घर्ष विराम भएको हो । यो हिंसामा हालसम्म ३५ जना मारिएका छन् जसमध्ये एकजना बाहेक सबै प्यालेस्टिनी थिए ।
दुवै पक्षबीच भएको सम्झौता अन्तर्गत नागरिकलाई निशाना नबनाउन र इजरायली सेनाको कारवाहीमा प्यालेस्टिनी घरमाथि तोडफोड नगर्न सहमति बनेको छ ।
दुवै पक्षबाट उल्लङ्घनका रिपोर्ट आए पनि अहिलेसम्म युद्ध विराम प्रभावकारी देखिएको छ । सङ्घर्ष विरामको घोषणा पछि प्यालेस्टिनी जनता उत्सव मनाइरहेको खबर र तस्बिर सार्वजनिक भएको छ ।
शनिवार साँझ युद्ध विराम लागू भएको केही समयपछि गजा पट्टीबाट दक्षिणी इजरायलतर्फ दुई वटा रकेट प्रहार गरिएको इजरायलको सेनाले जनाएको छ ।
इजरायलको सेनाले जवाफमा आफूले पनि यसको जवाफमा हवाई आक्रमण गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण