‘तुवाँलो भित्र’ मा बोक्सीको कथा
काठमाडौँ । सर्ट फिल्म ‘तुवाँलो भित्र’ निर्माण भएको छ । डिमलाईट मुभी एन्ड डिस्टिब्युसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा नेपाली समाजमा कुप्रथाको रूपमा रहेको ‘बोक्सीको कथा’ चित्रण गरिएको छ ।
विशेष गरी नेपालको मध्य पहाडी क्षेत्रमा परापूर्वकालदेखि समाजमा जरो गाडेको उक्त कुप्रथालाई फिल्ममा देखाउन खोजिएको छ । फिल्ममा सावित्री पात्रलाई बोक्सीका रूपमा देखाइएको छ । उनी एकल महिला हुन्छिन् सावित्री । उनी आफूले जानेको सिलाइको काम गरेर रोजी रोटी चलाइरहेकी हुन्छिन् । गाउँमा अचानक बालबालिकाहरु बिरामी हुन्छन् । सोझी सावित्रीलाई गाउँका प्रतिष्ठित मुखियार उनका आसेपासे लगायत केही महिलाले बालबालिका बिमारी हुनुको कारण सावित्रीलाई दोष लगाउँछन् ।
त्यस क्रममा मुखियाले गाउँलेले भेला गरेर सावित्रीलाई दुर्व्यवहार गर्दै गरिन्छ । र अन्तमा गाउँले सावित्रीलाई दिसा खुवाएर सावित्रीलाई मार्छन् । नेपाली समाजमा निर्दोष महिलालाई बोक्सी नाममा हिंसा गरिन्छ भन्ने फिल्मले देखाउने निर्देशक सन्तोष ढकाल बताउँछन् ।
सोनाम मोक्तानको लेखन रहेको फिल्ममा हिउँवाला गौतम, सन्तोष ढकाल, रवि केसी, शंकरराज पहाडी, अञ्जली शाह, सुष्मा लामा, विशाल बराल, सबिना धमला लगायतले अभिनय गरेका छन् । फिल्मलाई सोनाम मोक्तानले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण