‘तुवाँलो भित्र’ मा बोक्सीको कथा

काठमाडौँ । सर्ट फिल्म ‘तुवाँलो भित्र’ निर्माण भएको छ । डिमलाईट मुभी एन्ड डिस्टिब्युसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा नेपाली समाजमा कुप्रथाको रूपमा रहेको ‘बोक्सीको कथा’ चित्रण गरिएको छ ।
विशेष गरी नेपालको मध्य पहाडी क्षेत्रमा परापूर्वकालदेखि समाजमा जरो गाडेको उक्त कुप्रथालाई फिल्ममा देखाउन खोजिएको छ । फिल्ममा सावित्री पात्रलाई बोक्सीका रूपमा देखाइएको छ । उनी एकल महिला हुन्छिन् सावित्री । उनी आफूले जानेको सिलाइको काम गरेर रोजी रोटी चलाइरहेकी हुन्छिन् । गाउँमा अचानक बालबालिकाहरु बिरामी हुन्छन् । सोझी सावित्रीलाई गाउँका प्रतिष्ठित मुखियार उनका आसेपासे लगायत केही महिलाले बालबालिका बिमारी हुनुको कारण सावित्रीलाई दोष लगाउँछन् ।
त्यस क्रममा मुखियाले गाउँलेले भेला गरेर सावित्रीलाई दुर्व्यवहार गर्दै गरिन्छ । र अन्तमा गाउँले सावित्रीलाई दिसा खुवाएर सावित्रीलाई मार्छन् । नेपाली समाजमा निर्दोष महिलालाई बोक्सी नाममा हिंसा गरिन्छ भन्ने फिल्मले देखाउने निर्देशक सन्तोष ढकाल बताउँछन् ।
सोनाम मोक्तानको लेखन रहेको फिल्ममा हिउँवाला गौतम, सन्तोष ढकाल, रवि केसी, शंकरराज पहाडी, अञ्जली शाह, सुष्मा लामा, विशाल बराल, सबिना धमला लगायतले अभिनय गरेका छन् । फिल्मलाई सोनाम मोक्तानले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
-
विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनु भ्रष्टाचार हो– सुवाल
-
भू - माफियालाई फाइदा पुग्ने गरी बजेट बनाइएको छ : चित्रबहादुर केसी
-
घुरेकै कारण पनि हुन्छ सम्बन्ध विच्छेद : सलमान खान
-
कर्णालीमा बजेट प्रस्तुत हुनुअघिको किचलो साम्य भएको हो ?
-
कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलमा ईभी भ्यान दुर्घटना, ९ वर्षीया छात्राको मृत्यु