आरजुविरुद्ध अनर्गल प्रचार नगर्न तरुण दलको आग्रह
काठमाडौं । नेपाल तरुण दलले माउ पार्टी नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाविरुद्ध अनर्गल प्रचार नगर्न आग्रह गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी, कांग्रेस केन्द्रीय सदस्य तथा सांसद आरजु राणालाई विदेश भागेको भनेर चरित्र हत्या गर्ने खालको अनर्गल प्रचारप्रपति तरुण दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
तरुण दलका अध्यक्ष विद्धान गुरुङले आइतबार एक विज्ञप्ति जारी गर्दै कुनै ठोस प्रमाण विना कसैप्रति लाञ्छना लगाउनु गम्भीर अपराध भएको बताएका छन् ।
‘भुटानी शरणार्थी काण्ड प्रहरी अनुसन्धानमै रहेको हुँदा कुनै ठोस प्रमाण बिना कसैप्रति लान्छना लगाउनु गम्भीर अपराध हो । यसप्रति सबै सरोकारवालाहरु सचेत रहन नेपाल तरुण दल केन्द्रिय समिति आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष गुरुङले अनुसन्धानमा तरुण दलको पूर्ण सहयोग रहने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण