शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आरजुविरुद्ध अनर्गल प्रचार नगर्न तरुण दलको आग्रह

आइतबार, ३१ वैशाख २०८०, १४ : १०
आइतबार, ३१ वैशाख २०८०

काठमाडौं । नेपाल तरुण दलले माउ पार्टी नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाविरुद्ध अनर्गल प्रचार नगर्न आग्रह गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी, कांग्रेस केन्द्रीय सदस्य तथा सांसद आरजु राणालाई विदेश भागेको भनेर चरित्र हत्या गर्ने खालको अनर्गल प्रचारप्रपति तरुण दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

तरुण दलका अध्यक्ष विद्धान गुरुङले आइतबार एक विज्ञप्ति जारी गर्दै कुनै ठोस प्रमाण विना कसैप्रति लाञ्छना लगाउनु गम्भीर अपराध भएको बताएका छन् ।

‘भुटानी शरणार्थी काण्ड प्रहरी अनुसन्धानमै रहेको हुँदा कुनै ठोस प्रमाण बिना कसैप्रति लान्छना लगाउनु गम्भीर अपराध हो । यसप्रति सबै सरोकारवालाहरु सचेत रहन नेपाल तरुण दल केन्द्रिय समिति आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष गुरुङले अनुसन्धानमा तरुण दलको पूर्ण सहयोग रहने बताएका छन् ।

tarun-dal
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप