शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
संसद्

सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्ने सहमति

आइतबार, ३१ वैशाख २०८०, १४ : ३६
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्ण सुधार आइनसकेकाले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने भएका छन् । 

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने सहमति भएको हो । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रेमश लेखकका अनुसार राष्ट्रपति पौडेलले  संक्षिप्त रुपमा नीति तथा कार्यक्रम पढेपछि बाँकी प्रधानमन्त्रीले पढ्ने सहमति भएको छ ।

‘राष्ट्रपतिजी अलि अस्वस्थ हुनुहुन्छ । सबै उहाँले पाठ गर्न सक्नुहुने होइन,’ उनले भने, ‘राष्ट्रपतिजीले पाठ गर्न नसकेपछि संक्षिप्तमा राष्ट्रपतिले पढेर प्रधानमन्त्रीले पढ्ने होकि नीति कार्यक्रम भन्नेबारे छलफल भएको छ । यी कुरामा सहमति गरेर अगाडि बढ्ने कुराकानी भएको छ ।’

यसबारे कार्यव्यवस्था समितिले निर्णय गर्ने लेखकको भनाइ छ । जेठ ३ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप