२६ औँ पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति बने पासाङ
काठमाडौँ । एक नेपाली पथप्रदर्शक विश्वको सर्वोच्च शिखर सगरमाथाको २६ औँ पटक सफलतापूर्वक आरोहण गर्ने दोस्रो व्यक्ति बनेका छन् । ४६ वर्षीय पासाङ दावा शेर्पाले कामी रिता शेर्पाको कीर्तिमान बराबरी गरेको पर्यटन विभागका अधिकारी विज्ञान कोइरालालाई उद्धृत गर्दै रोयर्टसले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
उता कामी रिता शेर्पा पनि सगरमाथा आरोहणका क्रममा रहेकाले उनले नयाँ कीर्तिमान बनाउने सम्भावना रहेको छ । पासाङ दावाले हंगेरीका क्लाइन्टसँग सगरमाथा आरोहण गरेको उनको कम्पनी इम्याजिन नेपाल ट्रेक्सले जनाएको छ ।
नेपालले यो वर्ष सगरमाथा आरोहणका लागि ४६७ जना पयर्टकहरुलाई अनुमति पत्र जारी गरेको छ । सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलो पटक आरोहण गरेपछि सगरमाथा ११ हजारभन्दा बढी पटक आरोहण गरिसकिएको छ । यसक्रममा कम्तीमा ३२० जनाले ज्यान पनि गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्राहम सम्झौतामा सहभागी भए मात्रै साउदी–अमेरिका आणविक सम्झौता लागू हुने
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण