नक्कली भुटानी शरणार्थी प्रकरण
बालकृष्ण खाणको प्रतिक्रिया : म संलग्न छैन
आइतबार, ३१ वैशाख २०८०, १६ : ४२

काठमाडौँ । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । म्याद थपका लागि अदालत लगिएका उनले आइतबार यस्तो दाबी गरेका हुन् ।
सरकारी वकिल कार्यालयबाट निस्किदै गर्दा खाँडले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘म संलग्न छैन ।’
खाणलाई आइतबार दोस्रोपटक अदालतमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका खाणमाथि अनुसन्धानका लागि यसअघि लिइएको म्याद सकिन लागेपछि थप समय लिन लागिएको हो । खाणलाई बुधबार प्रहरीले राजधानीको मैजुबहालबाट पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रेदशसभा : आजदेखि बजेटमा छलफल
-
जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण
-
सबै प्रतिपक्षलाई विश्वासमा लिएर सदन चलाउनुपर्छ : नारायणकाजी श्रेष्ठ
-
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रले राखेको अभीष्ट हो : राष्ट्रपति पौडेल
-
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै
-
विधान महाधिवेशन नै नभई नेतृत्वबारे अनावश्यक अनुमान नगर्न पौडेलको निर्देशन