शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चलचित्र छायाङ्कनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यस्थल बनाउनुपर्छ : उपराष्ट्रपति यादव

आइतबार, ३१ वैशाख २०८०, १७ : ४८
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई चलचित्र छायाङ्कनका लागि राम्रो गन्तव्यस्थल बनाउनुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित ११ औँ नेफ्टा फिल्म अवार्डको टप ५ उत्कृष्ट चलचित्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रकृतिको सुन्दर उपहार नेपालको भूमि अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनका लागि राम्रो गन्तव्यस्थल बन्न सक्ने तर यसको प्रचारप्रसार अधिकतम हुनुपर्ने बताए ।

उनले सबै पक्ष एकजुट भए नेपाली चलचित्र क्षेत्रले थप फड्को मार्ने बताए । ‘नेफ्टा अवार्ड निष्पक्ष र वस्तुपरक रही इमानदारीका साथ सही कार्यक्रम सञ्चालन हुने कुरामा विश्वस्त छु, प्रकृतिको सुन्दर उपहार नेपालको भूमि अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनका लागि राम्रो गन्तव्य स्थल बन्न सक्छ’ उनले भने, ‘यसका लागि अधिकतम प्रचारप्रसार गर्न जरुरी छ । सबै पक्ष एकजुट भए नेपाली चलचित्र क्षेत्रले थप फड्को मार्छ ।’ 

उनले नेपालमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई थप सुनिश्चितताका साथ कार्यान्वयनमा लैजान चलचित्र क्षेत्रले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । 

उपराष्ट्रपति यादवले बहुभाषा र बहु संस्कृति नेपालका मौलिक पहिचान भएकाले यसको परावर्तन हरेक क्षेत्रमा हुन जरुरी रहेको बताए । यादवले भने, ‘नेपालमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई थप सुनिश्चितताका साथ कार्यान्वयनमा यो क्षेत्रले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । बहुभाषा र बहु संस्कृति हाम्रा मौलिक पहिचान भएकाले त्यसको परावर्तन हरेक क्षेत्रमा हुन जरुरी छ ।’

११ औँ नेफ्टा फिल्म अवार्डको टप ५ चलचित्रमा कबड्डी ४, छक्कापञ्जा ४, ऐना झ्यालको पुतली, राधा र चिसो मान्छे अटाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप