लुम्बिनी प्रदेशमा आर्थिक मामिला मन्त्रालयको जिम्मा रानालाई
बुटवल । लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्रीमा धनबहादुर रानालाई नियुक्त गरिएको छ । मुख्यमन्त्री चौधरीले कार्य विभाजन गर्दै वैशाख १४ गते आफूसँगै मन्त्री बनेका रानालाई आर्थिक मन्त्रालयको जिम्मा दिएका हुन् । माओवादीबाट बिना विभागीय मन्त्री बनेका रानालाई अर्थ मन्त्रालय मन्त्रालयको जिम्मा दिए पनि अन्य दुई बिना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिन सकेका छैनन् ।
नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोषकुमार पाण्डे बिना विभागीय मन्त्री बनेका थिए । वैशाख १५ मा बसेको मन्त्रिपरिषद्को बैठकले १० वटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई दिएको थियो । बजेट बनाउने बेलामा अर्थ मन्त्रालय मन्त्रीविहीन भएको आलोचना बढेपछि रानालाई अर्थको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालय सचिवालयले जनाएको छ ।
यसअघि मन्त्रालय विभाजन गरेर गठबन्धन दलमा सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले ४, माओवादीले ३ तथा अन्य ६ वटा साना दललाई १र१ वटा मन्त्रालय दिने तयारी भएको विषय बाहिर आएपनि सरकारको आलोचना भएको थियो । जसका कारणले मुख्यमन्त्री चौधरीले अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री सन्तोष पाण्डेयले भएका मन्त्रीलाई जिम्मेवारी दिने र नयाँ मन्त्री नियुक्त गर्ने काम छिटै हुने बताएका छन् । – तेजेन्द्र केसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण