सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा आर्थिक मामिला मन्त्रालयको जिम्मा रानालाई

सोमबार, ०१ जेठ २०८०, १५ : ३२
सोमबार, ०१ जेठ २०८०

बुटवल । लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्रीमा धनबहादुर रानालाई नियुक्त  गरिएको छ ।  मुख्यमन्त्री चौधरीले कार्य विभाजन गर्दै वैशाख १४ गते आफूसँगै मन्त्री बनेका रानालाई आर्थिक मन्त्रालयको जिम्मा दिएका हुन् । माओवादीबाट बिना विभागीय मन्त्री बनेका रानालाई अर्थ मन्त्रालय मन्त्रालयको जिम्मा दिए पनि अन्य दुई बिना विभागीय मन्त्रीलाई  मन्त्रालयको जिम्मेवारी दिन सकेका छैनन् ।

नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोषकुमार पाण्डे बिना विभागीय मन्त्री बनेका थिए । वैशाख १५ मा बसेको मन्त्रिपरिषद्को बैठकले १० वटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई दिएको थियो । बजेट बनाउने बेलामा अर्थ मन्त्रालय मन्त्रीविहीन भएको आलोचना बढेपछि रानालाई अर्थको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालय सचिवालयले जनाएको छ ।  

यसअघि मन्त्रालय विभाजन गरेर गठबन्धन दलमा सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले ४, माओवादीले ३ तथा अन्य ६ वटा साना दललाई १र१ वटा मन्त्रालय दिने तयारी भएको विषय बाहिर आएपनि सरकारको आलोचना भएको थियो । जसका कारणले मुख्यमन्त्री चौधरीले अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री सन्तोष पाण्डेयले भएका मन्त्रीलाई जिम्मेवारी दिने र नयाँ  मन्त्री नियुक्त गर्ने काम छिटै हुने बताएका छन् । – तेजेन्द्र केसी

Lumbini-maski-arthamantri

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप