नक्कली भुटानी शरणार्थी प्रकरण
टोपबहादुरमाथि अनुसन्धान गर्न अदालतले दियो ३ दिनको म्याद
सोमबार, ०१ जेठ २०८०, १६ : १०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्न अदालतले ३ दिनको म्याद दिएको छ ।
जिल्ला अदालत काठमाडौँले रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको समय प्रदान गरेको हो । यसअघि पक्राउ परेका १२ जनाविरुद्ध भने अदालतले आइतबार ४ दिनको समय प्रदान गरेको थियो ।
सबैको म्याद एकैपटक सकिने गरी टोपबहादुरलाई सोमबार ३ तीन दिनको म्याद थप गरिएको हो । यसअघि एमाले सचिवबाट निलम्बित भएका उनी प्रतिनिधिसभा सदस्यबाट पनि निलम्बित भइसकेका छन् ।
रायमाझी आइतबार राजधानीको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । वैशाख २० गते नै रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भएपनि उनी फरार रहँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा