नक्कली भुटानी शरणार्थी प्रकरण
टोपबहादुरमाथि अनुसन्धान गर्न अदालतले दियो ३ दिनको म्याद
सोमबार, ०१ जेठ २०८०, १६ : १०
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्न अदालतले ३ दिनको म्याद दिएको छ ।
जिल्ला अदालत काठमाडौँले रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको समय प्रदान गरेको हो । यसअघि पक्राउ परेका १२ जनाविरुद्ध भने अदालतले आइतबार ४ दिनको समय प्रदान गरेको थियो ।
सबैको म्याद एकैपटक सकिने गरी टोपबहादुरलाई सोमबार ३ तीन दिनको म्याद थप गरिएको हो । यसअघि एमाले सचिवबाट निलम्बित भएका उनी प्रतिनिधिसभा सदस्यबाट पनि निलम्बित भइसकेका छन् ।
रायमाझी आइतबार राजधानीको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । वैशाख २० गते नै रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भएपनि उनी फरार रहँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण