ग्रिनल्यान्ड र भ्याली पब्लिक फाइनलमा
काठमाडौँ । ग्रिनल्यान्ड र भ्याली पब्लिक छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
थ्री बाइ थ्रीको प्रतिस्पर्धामा ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २१–६ तथा भ्याली पब्लिकले एचएचसीएलाई ११–५ ले पराजित गरे ।
बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समा भ्याली पब्लिक र पृथ्वीले उपाधि भिडन्त पक्का गरे ।
भ्याली पब्लिकले फेरिल्यान्डलाई ३०–१४ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा मुस्कान गुरुङले १० अंक योगदान गरिन् । बबिता घिमिरेको १३ अंक सहयोगमा पृथ्वीले एचएचसीएलाई २४–१७ ल हरायो ।
एन्जल्स हार्ट र गोल्डेनपिक जुनियर ब्वाइजको उपाधिका लागि भिड्ने भएका छन् । एन्जल्स हार्टले आयोजक बीएनएलाई २१–१४ ले पाखा लगायो । एन्जल्स हार्टका रुपेश पौडेलले १३ स्कोर गरे । स्किब्स विरुद्धको खेलमा गोल्डेनपिक २३–१५ ले विजयी भयो । गोल्डेनपिकका अमन गुरुङले ९ अंक जोडे । तीनै स्पर्धाको फाइनल मंगलबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण