बागमतीमा अर्थमन्त्री लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी
हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
मन्त्री लामालाई आर्थिक मामिला तथा योजना मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेश प्रमुख शर्माले सोमबार एक सूचना जारी गर्दै मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी सुम्पिएको हो ।
यसअघि प्रदेशको ११ मन्त्रालयमध्ये ६ वटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त भएका थिए भने ५ मन्त्रालय मन्त्रीविहीन अवस्थामा थियो । सत्तारुढ दलहरुबीच भागबन्डा नमिल्दा सरकारलाई पूर्णता दिन समस्या हुँदै आएपछि मुख्यमन्त्री जम्कट्टेलले थप ३ मन्त्रालयको जिम्मेवारी लामालाई सुम्पिएका हुन् । लामालाई ३ मन्त्रालय थमाउँदा समेत प्रदेशको २ मन्त्रालय अझै मन्त्रीविहीन अवस्थामा रहेको छ ।
यससँगै प्रदेशको ११ मन्त्रालयमध्ये ५ वटा कांग्रेसले सम्हालेको छ भने माओवादी केन्द्रले ४ मन्त्रालय सम्हाल्दै आएको छ । प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयमा अझै मन्त्री नियुक्त हुन सकेका छैनन् । २ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्कट्टेल आफैं मातहत राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण