भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै पोखरामा प्रदर्शन
पोखरा । भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ । सोमबार पोखराको सहिद चोकमा देशभक्तिको गीत बजाउँदै शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको हो ।
नागरिक समाज कास्कीले शान्तिपूर्ण धर्नामार्फत राजनीतिक हस्तक्षेप र संरक्षण हुन नदिन खबरदारी कार्यक्रम गरेका हुन् ।
नागरिक समाजका अभियन्ता रामबहादुर पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणले देशमा भ्रष्टाचार मैलाएको भन्दै धर्ना दिएको बताए ।
नेताले देशको राष्ट्रियता खोक्रो पारेको भन्दै उनले सरकारले भ्रष्टहरूको छानबिन गरी कारबाही गर्नुपर्ने बताए । प्रदर्शनकारीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
उनीहरुले दबाबमूलक प्रदर्शन गरेका थिए । अभियन्ता पौडेलले भ्रष्टाचार र विभिन्न राजनीतिक चलखेल र हस्तक्षेपविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरिएको बताए ।
‘भ्रष्टाचारका मतियारहरू खबरदार’, ‘नक्कली शरणार्थी भ्रष्टाचार काण्डको विषयन्तर गर्न पाइँदैन’, ‘भीआइपी अभियुक्तलाई दिएको सुविधा खारेज गर’, ‘भ्रष्टका मतियारहरू खबरदार, भ्रष्ट नालायकहरु...‘यो देश तिम्रौ बिर्ता हो ?’ लगायतका नाराहरूसहित उनीहरूले प्रदर्शन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण