गौर भन्सारले मिलेमतोमा कम मूल्यमा मलखाद लिलामी गरेको आरोप
रौतहट । जिल्ला भन्सार कार्यालय गौरले तस्करको मिलेमतोमा कम मूल्यमा भारतीय मलखाद लिलामी गरेको आरोप लागेको छ।
गत शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ५ राउन्ड गोली चलाएर राजापुरबाट बरामद गरेको मलखाद गौर भन्सारले तस्करको मिलेमतोमा लिलाम गरेको आरोप छ। जिल्ला भन्सार कार्यालय गौरका प्रमुख वासु नेपाल र नायब सुब्बा रेवती रोक्काले आर्थिक प्रलोभनमा तस्करको मिलेमतोमा बजार मूल्य भन्दा आधा कम मूल्यमा मलखाद लिलाम गरेको स्थानीयले दाबी गरेका छन्।
गौर भन्सार कार्यालयले सोमबार ८०३ बोरा युरिया, ४७९ बोरा डिएपी र २४ बोरा पोटासलाई लिलाम बढाबढ गरिने सूचना जारी गरेको थियो। सूचना जारी गरेको केही समय भित्रै लिलामी गरेकाले पनि तस्करको मिलेमतोमा भएको आशङ्का गरिएको छ ।
प्रहरीको संयुक्त टोलीले कूल २० लाख २६० मूल्य कायम गरी पठाएको मल खाद गौर भन्सारले जय मा दुर्गा ईन्टप्राईजेज राजापुर लाई मात्र १० लाख रुपैयाँमा जिम्मा लगाएको हो।
प्रहरीले बरामद गरेको रासायनिक मल गौर भन्सार कार्यालयले तस्करको मिलेमतोमा न्यून दर रेट कायम गरी लिलामी गरेको स्थानीय सञ्चारकर्मी आर एन साहले दाबी गरेका छन्।
जिल्ला भन्सार कार्यालय गौरका प्रमुख वासु नेपालले ठाउँको अभाव तथा खुल्ला कम्पाउन्डमा राखिएको मल वर्षाले बिग्रिने हुँदा लिलामी गरिएको बताए। तस्करसँग कुनै किसिमको मिलेमतो नरहेको प्रमुख नेपालले प्रतिक्रिया दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण