मधेस प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्दै
मङ्गलबार, ०२ जेठ २०८०, ०९ : ५४
जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठक १ बजे बस्नेछ । प्रदेशसभाको बैठक करिब एक महिनापछि बस्न लागेको हो । यसअघि गत चैत्र २७ गते प्रदेशसभाको बैठक बसेको थियो ।
आज बस्ने प्रदेशसभाको बैठकमा चार वटा विधेयक पेस गर्ने सरकारको तयारी रहेको प्रदेशसभाका सचिव रंजितकुमार यादवले बताएको छ । उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायात सम्बन्धी विधेयक प्रदेशसभामा पेस हुनेछन् । अघिल्लो सरकारमा भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव नै हुँदा यो विधेयक तयार पारिएको थियो । त्यस्तै बालबालिका संरक्षण र प्रदेश प्रशासनसम्बन्धी विधेयक पनि पेस हुने सम्भावित कार्यसूचीमा रहेको सचिव यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण