मधेस प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्दै
मङ्गलबार, ०२ जेठ २०८०, ०९ : ५४

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठक १ बजे बस्नेछ । प्रदेशसभाको बैठक करिब एक महिनापछि बस्न लागेको हो । यसअघि गत चैत्र २७ गते प्रदेशसभाको बैठक बसेको थियो ।
आज बस्ने प्रदेशसभाको बैठकमा चार वटा विधेयक पेस गर्ने सरकारको तयारी रहेको प्रदेशसभाका सचिव रंजितकुमार यादवले बताएको छ । उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायात सम्बन्धी विधेयक प्रदेशसभामा पेस हुनेछन् । अघिल्लो सरकारमा भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव नै हुँदा यो विधेयक तयार पारिएको थियो । त्यस्तै बालबालिका संरक्षण र प्रदेश प्रशासनसम्बन्धी विधेयक पनि पेस हुने सम्भावित कार्यसूचीमा रहेको सचिव यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा
-
१० बजे १० समाचार : थपियो बेरुजु, अर्का पूर्वसैनिकविरुद्ध डिफ्युजन नोटिस
-
कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार
-
सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते
-
सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त