विशेष महाधिवेशनको कुनै गुञ्जायस छैन : महत
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले पार्टीमा अहिले विशेष महाधिवेशनको कुनै गुञ्जायस नरहेको स्पष्ट पारेका छन् । महामन्त्री गगन थापाले सार्वजनिक रुपमा असन्तुष्टि पोखेसँगै विशेष महाधिवेशन माग गर्दै प्रदेश भेलाहरू भइरहेको समाचारहरू आएका छन् । महतले भने ती समाचारहरूलाई पूर्णरुपमा खारेज गरे ।
मंगलबार पत्रकारहरूसँगको कुराकानी गर्दै उनले भने, ‘उहाँहरूले पदाधिकारी बैठकमा यस्तो कुराहरू उठाउनुभएको छैन । बाहिर यस्तो कुरा कसरी आउँछ ? म अचम्ममा छु । क–कसले के गरे भन्ने कुरा हो, त्यो भेटघाट भइरहन्छ । तर, विशेष महाधिवेशनको कुनै गुञ्जायस छैन ।’ पार्टीको नीति अधिवेशन भने हुने र त्यो महासमिति बैठकभन्दा ठुलो हुने महतको भनाई छ ।
उनले ९ महिनासम्म केन्द्रीय समिति बैठक बस्न नसक्नुमा विभिन्न कारण रहेको जिकिर गरे । विभिन्न राजनीतिक घटनाक्रमका कारण पनि बैठक नबसेको महतको भनाई छ । उनले कार्यसम्पादन समितिको बैठक भने नियमित बसिरहेको बताए । अब चाँडै केन्द्रीय समितिको पनि बैठक बसेर भ्रातृ संगठन र विभागहरू गठनबारे निर्णय हुने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण