विशेष महाधिवेशनको कुनै गुञ्जायस छैन : महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले पार्टीमा अहिले विशेष महाधिवेशनको कुनै गुञ्जायस नरहेको स्पष्ट पारेका छन् । महामन्त्री गगन थापाले सार्वजनिक रुपमा असन्तुष्टि पोखेसँगै विशेष महाधिवेशन माग गर्दै प्रदेश भेलाहरू भइरहेको समाचारहरू आएका छन् । महतले भने ती समाचारहरूलाई पूर्णरुपमा खारेज गरे ।
मंगलबार पत्रकारहरूसँगको कुराकानी गर्दै उनले भने, ‘उहाँहरूले पदाधिकारी बैठकमा यस्तो कुराहरू उठाउनुभएको छैन । बाहिर यस्तो कुरा कसरी आउँछ ? म अचम्ममा छु । क–कसले के गरे भन्ने कुरा हो, त्यो भेटघाट भइरहन्छ । तर, विशेष महाधिवेशनको कुनै गुञ्जायस छैन ।’ पार्टीको नीति अधिवेशन भने हुने र त्यो महासमिति बैठकभन्दा ठुलो हुने महतको भनाई छ ।
उनले ९ महिनासम्म केन्द्रीय समिति बैठक बस्न नसक्नुमा विभिन्न कारण रहेको जिकिर गरे । विभिन्न राजनीतिक घटनाक्रमका कारण पनि बैठक नबसेको महतको भनाई छ । उनले कार्यसम्पादन समितिको बैठक भने नियमित बसिरहेको बताए । अब चाँडै केन्द्रीय समितिको पनि बैठक बसेर भ्रातृ संगठन र विभागहरू गठनबारे निर्णय हुने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आगामी आर्थिक वर्षको बजेट कस्तो चाहन्छ निजी क्षेत्र ?
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी
-
पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक
-
यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो